जब तिमी टाढा भएउ जोस मेरो हरायो
फेरी फर्की तिमी नजिक आएउ होस मेरो हरायो
भन्छन हासो भन्दा रोदन को अर्थ कैयौ गुणा बालियों हुन्छ
मात्र तिमी चोखो प्रेम गर त्यों हाम्रो प्रेम सधै अमर अटल बनिरहन्छ
सायद भए होला भूल कती तिमी बाट अन्जानमा जानी नजानी
पागल थिए त्यों प्रेममा म ,तिम्रो मुस्कान ले मेरो आक्रोस हरायो
थाहै नपाई रित्याएछू मैले मेरो मन मुटु आफै असीम माया सबै हरायो
सायद भूल गरे मैले तिमी माथी अन्जानमा जानी नजानी
आई अहिले लाग्छ मलाई मेरो माया प्रेम को कोष हरायो
सुनेको थे मानिषको सर्बोत्तम मित्र तिनैका दुई हात हुन्छ
त्यसैले नै होला थाहै नदी मलाई मेरो आखा तिम्लाई नै हेर्न जल्दैछ
फेरी आज एक्कासी आई यो चोखो मायाको कोष सबै हरायो
पागल झै बसी एकान्त मा तिम्रै यादमा डुबी रहन्छु म सधै
मैले गरेछु नि गल्ती मेरो मन मुटु रित्याई असीम माया दिएर
सधै सम्झी तिम्रै बारेमा तिमी यस्ती उस्ती भनेर
लाटो बुंगो झै टोलाई रहन्छु म सधै
तिम्रो नसालू भाका र लजालू मुस्कान ले मेरो आक्रोस हरायो
अझै पागल छ यो गणेश तिम्रो त्यों मायामा
नासोचे है तिमीले यो गणेश लाइ पराई र निठुरी
त्यसैले नै होला तिम्रो प्रसंसा मा मेरो होस जोस दोस सबै हरायो
