Posted by: shilauti | November 5, 2009

मुक्तिको उद्‍घोष (मधु कोइराला)

dfvpfvsf_19fcgmnwc9_b म मुक्त भएँ

म मुक्त भएँ सम्पूर्ण दु:ख कष्टबाट

घृणा, ईर्ष्या, लोभ, रिस, रागबाट

अनि मोह, प्रेम, दया, सहयोगबाट पनि

हरेक कुराबाट

म मुक्त भएँ

मलाई मृत्युले जिस्क्याइको थियो

अब म तेसको पनि काल भइसकें

मलाई देखेर त्यो सयौं कोश परैबाट भाग्छ

तेसैले म मृत्युबाट मुक्त भएँ

मलाई कृष्ण, बुध्द, ओशोले गुलाम बनाएका थिए

तर तिनको गुलामि मैले तोडिसकें

मलाई आफन्तको मायाले बन्धनमा पारेको थियो

तर त्यो बन्धन मैले चुँडालिसकें

मलाई थाहा भइसकेको छ

संसारमा कोही ठूलो छ त त्यो आफैं हो

तेसैले कसैलाई श्रद्धाको जरुरी छैन

कसैलाई प्रेम गरेर माथि उठाउन सकिन्न

तेसैले माया गर्नुको कुनै अर्थ छैन

म मुक्त भइसकें,

हरेक कुराबाट

दु:खबाट अनि सुखबाट पनि

रिसबाट अनि प्रेमबाट पनि

नकारात्मकता अनि सकारात्मकताबाट पनि

म साधारणबाट अति साधारण भएँ

र त्यो अति साधारणभित्र असाधारण भएँ

तेसैले म साँच्चै मुक्त भएँ।।


Leave a response

Your response:

Categories