Posted by: shilauti | November 5, 2009
मुक्तिको उद्घोष (मधु कोइराला)
म मुक्त भएँ
म मुक्त भएँ सम्पूर्ण दु:ख कष्टबाट
घृणा, ईर्ष्या, लोभ, रिस, रागबाट
अनि मोह, प्रेम, दया, सहयोगबाट पनि
हरेक कुराबाट
म मुक्त भएँ
मलाई मृत्युले जिस्क्याइको थियो
अब म तेसको पनि काल भइसकें
मलाई देखेर त्यो सयौं कोश परैबाट भाग्छ
तेसैले म मृत्युबाट मुक्त भएँ
मलाई कृष्ण, बुध्द, ओशोले गुलाम बनाएका थिए
तर तिनको गुलामि मैले तोडिसकें
मलाई आफन्तको मायाले बन्धनमा पारेको थियो
तर त्यो बन्धन मैले चुँडालिसकें
मलाई थाहा भइसकेको छ
संसारमा कोही ठूलो छ त त्यो आफैं हो
तेसैले कसैलाई श्रद्धाको जरुरी छैन
कसैलाई प्रेम गरेर माथि उठाउन सकिन्न
तेसैले माया गर्नुको कुनै अर्थ छैन
म मुक्त भइसकें,
हरेक कुराबाट
दु:खबाट अनि सुखबाट पनि
रिसबाट अनि प्रेमबाट पनि
नकारात्मकता अनि सकारात्मकताबाट पनि
म साधारणबाट अति साधारण भएँ
र त्यो अति साधारणभित्र असाधारण भएँ
तेसैले म साँच्चै मुक्त भएँ।।