पुरानो काठमाडौँका फोटोहरु त इन्टरनेटमा केही भेटिन्छन् तर पुरानो काठमाडौँका दृश्यहरु भेट्टाउन भने निकै गार्हो छ। इन्द्रजात्राको अवसरमा मच्छिन्द्र क्लबले ५४ वर्षअघि कुनै पर्यटकले खिचेर राखेका भिडियो सार्वजनिक गरेको थियो। त्यही भिडियोका केही अंश यहाँ राखेको छु। प्रोजेक्टरबाट पर्दामा देखाइएको दृश्य खिचेको हुनाले त्यति प्रष्ट त देखिँदैन। तैपनि उतिखेरको काठमाडौँका दुर्लभ दृश्य भने हेर्न सकिन्छ।

हेर्नुस् त्यतिबेला काठमाडौँको स्वयम्भू कस्तो देखिन्थ्यो ? त्यतिखेरका बासिन्दाहरुको पहिरन कस्तो थियो ? त्यतिखेरका घरहरु कस्ता थिए ? तपाईँहरुलाई रुचि लाग्छ भने अरु दृश्यहरु पनि प्रस्तुत हुनेछ। news by mysansar
Posted by: shilauti | November 6, 2009
५४ वर्षअघिको काठमाडौँ (भाग २)
Posted in समाचार
