Posted by: shilauti | November 7, 2009

धुलाम्य सडकमा पशु बधः सरोकारवाला मौन

masu-300x225[1](सडक पेटीमा खशी काट्दै सदरमुकामको ब्यस्त गणेश चोकका एक व्यवसायी र मासु किन्दै ग्राहकहरु)
कार्तिक २०, दैलेख, गेबन मिझार-
दैलेख सदरमुकामका सडकका छेउछाउमा न्यूनतम मापदण्ड समेत पुरा नगरी पशु बध गर्ने

 क्रम बढेको छ । धुलैधुलो भएको दर्जनभन्दा वढी स्थानमा अव्यवस्थित रुपले पशु बध गरि मासु जाँच ऐन विपरीत मासु विक्री बितरण गरिरहेको छ ।
सामान्य तया मासुलाई बधशालामा व्यवस्थित तरिकाले

बंध गर्ने मासु ऐन हुदाहुदै पनि मासु व्यापारीहरुले यो ऐन लागु गरेका छैनन् ।
नारायणा नगरपालिका दैलेखवाट २ मासु व्यवसायीले बंधशाला व्यवस्थित गर्नका लागि ४० हजार रकम बुझेर लगेको भएपनि हालसम्म बधशाला सुधार नगरेको फेला परेको छ ।
भनीभनी झिंगा भन्केको र धुलोले छोपिएको मासु खुल्ामखुला सडकमा पशु बध गरी अस्वस्थकर मासु विक्री भई रहदाँ समेत स्थानीय प्रसाशनले वास्ता नगरेको उपभोक्ता दिवस थापा बताउछन् ।
ऐनमा स्थानिय निकायको स्वीकृति लिई बेच्नु पर्ने, बधशालामा मात्र पशुबध गराउनु पर्ने र मिसावट गरी मासु बेच्न नपाइने जस्ता प्रावधान उल्लेख गरिएको भएता पनि यसबारे सबैजना मौन रहेको छ ।
हप्ता हप्तामा मासु खाइरहने बानीलाई यसरी झिंगा तथा धुलैधुलो देखेर आफ्नो जिन्दगीभर मासु खाने इच्छा मरेको अर्का उपभोक्ता जीवन मगराती बताउछन् । “पहिले पहिले हप्ताको कम्तिमा एक पटक मासु खाइन्थ्यो दुइ महिना भइसक्यो मासु नखाएको उनले भने ।”
मासु ऐन अनुसार पशु बध गराउन स्थानिय निकायको स्वीकृति लिनु पर्ने भएता पनि कमैले यस्तो स्वीकृती लिएका छन् ।
पुरानो बंधशाला आफुहरुलाई अपाइ पर्ने बताउदैा जिल्ला पशु कार्यालय तथा नगरपालिकाले व्यवस्थीत तथा उपयुक्त स्थानमा पशु बंधशाला स्थापना गरि दिए आफुहरु सडक छाड्ने मासु व्यवसायीहरु हरी रोकाय बताउछन् ।

बंधशाला व्यापारीहरुका उपयुक्त तथा सेवा सुविधा राम्रो बनाउन सके आफुहरुलाई पनि सडक पेटीमा मै गाडीका धुवा धुलो खान कसलाई रहर हुन्छ र यो बाध्यता भएको बताउनु हुन्छ अर्का मासु व्यापारी रवीन्द्र थापा ।
भए पनि पशु बध गर्ने वाध्यता भएको बताउछन् । पशु सेवा कार्यालय र नगरपालिकाले बधशाला बनाउन सहयोग गरे भोलीदेखि सडक पेटीमा बध गर्न छोड्छौ व्यवसायी रविन्द्र थापाले भने ।
यता जिल्ला पशु कार्यालय दैलेखका बरिष्ठ प्राविधिक प्रचण्ड खड्काले ऐनबारे मासु व्यवसायी र उपभोक्तालाई जानकारी नहुदा समस्या आएको बताएका छन् ।
“पशु बधशाला निमार्ण लागि सानो रकमले नपुग्ने हुदाँ बधशाला निमार्ण्र्ाार्न नसकिएको स्वीकादै प्राविधिक खड्काले बरु पसलको अनुगमन गरिरहनु भएको बताउनु भएको छ ।
झण्डै ८ ९ महिना अघि रकम बुझेर पनि बधशाला सुधार नगर्नेलाई कारवाहि हुने भन्दै नारायण नगरपालिकाका निमित्त कार्यकारी अधिकृत निरक रावलले यसलाई तदारुकताका साथ लैजाने बताउनु भएको छ ।
रकम दुरुपयोग भएकव् स्थानीय रुपमा नै व्यापक जनगुनासो आएकोले सोच्नै पर्ने वेला भएको भन्दै आफुहरुले छानबिन गर्ने दैलेखका स्थानीय विकास अधिकारी दिल बहादुर शाहीले बताउनु भएको छ ।
स्थानीय विकास अधिकारी शाहीले सडक पेटीमा पशु बध गर्न व्यावसायीहरुलाई व्यवस्थीत गर्नका लागि नगरपालिकाको सहयोग लिएर रोक लगाइने बताउनु भएको छ ।


Leave a response

Your response:

Categories