Posted by: shilauti | November 7, 2009

यतिको खोजीमा” ब्रुनाइसम्म

sticker_himalayanतेक्वान्डो आइ.टि.एफ. नेपालका संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय ए क्लास रेफ्रि लक्ष्मण बस्नेत आफ्नो कलालाई (मार्सलआर्ट) चलचित्रको आकर्षण बनाएर यतिबेला ब्रुनाइ आइपुगेका छन । साथमा चलचित्र “यतिको खोजीमा” बोकेर आएका उनी यस चलचित्रका नायक तथा निर्माता पनि हुन । कोरिया, मलेसिया हुदै ब्रुनाइ आइपुगेको यस चलचित्रको सगरमाथा तेक्वान्डो डोजागं (ब्रुनाइ शाखा) र चाम्स् फिल्मस् प्रोडक्सन प्रा.लि.को सम्लग्नतामा भव्य प्रदर्शन भइरहेको छ ।               yeti[1]

भिजुअल प्रोडक्सन सेन्टर प्रा.लि.को ब्यानरमा निर्मित यस चलचित्रको ब्रुनाइमा पहिलो सो गत विहिबार साँझ भव्यताका साथ सम्पन्न भइसकेको छ । चलचित्र हेरेर फर्केका दर्शकहरुले चलचित्र धेरै पक्षहरुबाट मनोरन्जनपूर्ण भएको प्रतिक्रिया दिए भने प्रवासका चर्चित निर्देशक मिलन चाम्स् तथा वि.एफ.वि.एस. गोर्खा रेडियो ब्रुनाइका नेपाली शाखा प्रमुख ध्रुव गौतमले पनि चलचित्रमा लुकेको सुन्दर नेपाल तथा नेपाली संस्कृतिलाई उजागर गरिएको पक्षका साथै दुर्लभ हिममानवको कथाबस्तु धेरै मनपरेको बताए । लक्ष्मण बस्नेत, पामेला सान्टरेलि, दिव्यश्वर गौतम, पेमा शेर्पा, सुनिता गर्न्धर्व आदिको मुख्य भुमिका रहेको यस चलचित्रमा स्वामी कृष्णको लेखन, सुमन तण्डुकारको छायांकन, रोसन श्रेष्ठको द्वन्द निर्देशन र सन्तोष ढकालको निर्देशन रहेको छ । मुस्ताङको ले-ले, टुकुचे, अन्नपूर्ण रेन्ज लगाएतका मनमोहक दृष्यहरु पर्दामा देख्दा परदेश छँदाको पिडालाई झन आलो पारिदिने यस चलचित्रले नेपाललाई केहिहद सम्म भए पनि विश्वसामु पुरयाउने कुरामा कुनै द्वविधा छैन । चलचित्रका बाकी केहि सोहरु ७ नोवेम्वर सनिवारका दिन पनि गरिने जानकारि भएको छ ।

Leave a response

Your response:

Categories